मिति : २०८१ चैत्र १, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कर्मा’ टिजर रिलिज, एक्सन अवतारमा विपिन

फिल्मीखबर, काठमाडौं, 2025/03/14

Bipin Karki, Upasana Singh Thakuri

 

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको टिजरमा अभिनेता विपिन कार्की बढी हावी छन् । उनी एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ । उनले काम गरेको यो पहिलो एक्सन फिल्म हो ।

टिजरमा कथावस्तु प्रष्ट खुलाइएको छैन । यद्यपि, एक पात्रले आर्मी बन्न गरेको संघर्ष र त्यस क्रममा उसको जीवनमा घट्ने विभिन्न घटनाक्रमलाई फिल्मले मुख्य कथावस्तु बनाएको संकेत टिजरले गर्छ । विपिनलाई केही दृश्यमा भावुक देख्न सकिन्छ । टिजरमा सबैभन्दा ध्यान खिच्ने पक्ष भनेको बाइक स्टन्ट हो । साथै, ब्याकग्राउन्ड म्यूजिक पनि सशक्त छ ।

‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए । फिल्ममा विपिनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । यो उनीहरुको पहिलो सहकार्य हो । यसमा मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत लगायतको पनि अभिनय छ । मुकुनले यसमा नकारात्मक भूमिका निभाएका छन् ।

वसन्त लम्सालको लगानी रहेको फिल्ममा निर्देशक चौधरी स्वयंको कथा छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । यसमा भाष्कर स्वाँरको संगीत निर्देशन तथा ब्याकग्राउन्ड म्यूजिक, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी तथा निमेष श्रेष्ठको सम्पादन छ । ‘कर्मा’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ ।