मिति : २०८१ चैत्र ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

हिट बन्न लागेको ‘होस्टेल ३’को ‘रक अन’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/03/16

HOSTEL-3

 

यस वर्षको हिट फिल्म बन्न लागेको ‘होस्टेल ३’को प्रदर्शनको १० दिनपछि नयाँ गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । फिल्मको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि युट्युबमा ल्याइएको निर्देशक सशान कँडेलले बताए । गीतमा फिल्मकै प्रमुख कलाकारहरू पारस बम ठकुरी र रिहान गिरीको साथमा समीर काजीको गायन तथा महेश ज्ञवालीको शब्द र संगीत रहेको छ ।

कलेजमा आयोजित एक सांगीतिक कार्यक्रमको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाय), रिहान गिरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, समा पराजुली लगायत प्रस्तुत छन् । एउटै कलेजमा अध्ययनरत उनीहरूबीचको मित्रतालाई भिडियोमा देखाइएको छ ।

अघिल्लो साता प्रदर्शनमा आएको ‘होस्टेल ३’ले पहिलो हप्ता राम्रो व्यापार गर्‍यो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले एक सातामा साढे २ करोडमाथि कमाएको छ । निर्माताले भने एक साताको कमाइ ४ करोड ३२ लाख ग्रस रहेको दाबी गरेका छन् । बोर्ड र निर्माताको आँकडामा ठूलो अन्तर देखिए पनि निर्विवाद सत्य के हो भने फिल्म हिट बन्ने बाटोतर्फ उन्मुख छ ।

फिल्मले दोस्रो साताको शनिबार पनि उत्साहजनक व्यापार गरेको छ । एक सय हाराहारी शोमा शनिबार ‘होस्टेल ३’को देशभर ८० प्रतिशतसम्म अकुपेन्सी थियो । निर्देशक कँडेलले दोस्रो शनिबार झनै व्यापक माहोल देखिएको बताए । उनले भने, ‘दोस्रो साता पनि व्यापारमा कमी आएन । व्यापारको उत्साह कायमै छ । दोस्रो शनिबार त झनै व्यापक माहोल देखियो ।’

माधव शर्माको पटकथा एवं संवाद तथा एसोसियट निर्देशन रहेको फिल्ममा प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान, सन्तोष बानियाँ, उत्तम केसी लगायतको पनि अभिनय छ । फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् ।