मिति : २०८१ चैत्र ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आउट ल’को जेलभित्रको दृश्य, जहाँ सुशीलले खाएका थिए वास्तविक कुटाइ

फिल्मीखबर, काठमाडौं, 2025/03/17

May be an image of 1 person and beard

 

अभिनेता सुशील श्रेष्ठले ‘डू अर डाइ’को रुपमा काम गरेको फिल्म हो, ‘आउट लः दफा २१९’ । गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको फिल्ममा उनले शरीरलाई नै पीडा हुने गरी थुप्रै दृश्य दिएका छन् । उनले हातमा आगो बालेर गरेको एक्सन होस् वा जेलभित्र खाएको कुटाइ, ती कुनै दृश्य ‘चिटिङ’ होइनन्, रियल हुन् । उनले कुटाइ खाएको दृश्य अझ दर्दनाक छ ।
 
फिल्ममा सुशीललाई प्रहरीले जेलभित्र लौरोले कुटेको एक दृश्य छ । फिल्ममा त्यो दृश्य सामान्य लागे पनि उनले त्यसका लागि रियलमै कुटाइ खाएका थिए । आइतबार त्यसको भिडियो र तस्वीर फेसबुकमा सेअर गर्दै उनले त्यो दृश्यलाई वास्तविक बनाउन रियलमै कुटाइ खाएको बताएका छन् । भिडियोमा उनी दुखाइले चिच्चाएका छन् भने तस्वीरमा निलडाम देखिन्छ ।

उनले लेखेका छन्, ‘जसले फिल्म हेरिसक्नुभएको छ, उहाँहरूलाई यो दृश्यको महत्त्व थाहा छ । म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, ‘रियल नगरौं’ तर मैले भनेको थिएँ, ‘यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सकेँ भने दर्शकहरूले यसलाई अझ गहिरोसँग महसुस गर्नेछन् ।’

नेपाली एक्सन फिल्मलाई नयाँ उचाइँमा पुर्‍याउने संकल्प लिएर ‘आउट ल’ बनाएको उनको भनाइ छ । ‘हाम्रो टिमले रातदिन मेहनत गरेर ‘आउट ल’लाई जीवनमा ल्याएको हो । यो दृश्य त्यस महान प्रयासको एउटा सानो झलक मात्र हो । हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइँमा पुर्‍याउने,’ उनले लेखेका छन् ।

‘आउट ल’ प्रदर्शनमा आएदेखि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रायःले एक्सन, कथावस्तु र मेकिङको प्रशंसा गरेका छन् । सुशीलले एक्सनमा मिहिनेतको पनि वाहवाही भइरहेको छ । शनिबार देशभर राम्रो व्यापार गरेको फिल्मले ‘वर्ड अफ माउथ’को बलमा आगामी दिनमा व्यापारिक छलाङ मार्ने विश्वास निर्माण टिमको छ । योफिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् ।