मिति : २०८१ चैत्र १६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘आचार्य’बाट फिल्ममा फर्किँदै निखिल

फिल्मीखबर, काठमाडौं, 2025/03/20

Nikhil Upreti

 

‘एक्सन स्टार’को रुपमा परिचित निखिल उप्रेती ६ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । पछिल्लो पटक ‘भिलेन’ (२०१९) मा देखिएका उनले फिल्म ‘आचार्य’बाट कमब्याक गर्न लागेका हुन् । यसको निर्देशन उनी आफैंले गर्नेछन् । गत फागुनमा चलचित्र विकास बोर्डमा उनले फिल्मको शीर्षक दर्ता गरेका हुन् । ‘भैरव’ (२०१५)पछि उनले दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन् ।

फिल्म दर्ता गर्दा निखिलले कलाकारमा आफूसहित श्रीमती सञ्चिता लुइँटेलको नाम राखेका छन् । यसको मतलब फिल्ममा निखिल र सञ्चिताको जोडी बाँधिनेछ । यो उनीहरुको एक दशकपछिको सहकार्य हुनेछ । विवाहअघि उनीहरुले ‘दाग’, ‘माया त माया हो’, ‘विजयपथ’, ‘सम्झना’ जस्ता फिल्ममा एकसाथ काम गरेका थिए । उनीहरुलाई फेरि पर्दामा हेर्न दर्शकका लागि पनि रोचक हुनेछ ।

तीन महिनाअघि निखिलले एक अन्तर्वार्तामा नयाँ फिल्मको छायांकन आगामी जेठबाट सुरु गर्ने बताएका थिए । उनले भनेका थिए, ‘म जेठबाट नयाँ फिल्मको छायांकन गर्छु होला । यो द्वन्द्व (एक्सन)मा आधारित फिल्म हुनेछ । यसको मतलब फिल्ममा सिर्फ द्वन्द्व छैन । पहिला चाहिँ म सिर्फ द्वन्द्व गर्थेँ । र, मैले गर्ने द्वन्द्वमा कथा हालिन्थ्यो । अब मैले बनाउने फिल्मको कथामा चाहिँ द्वन्द्व हुन्छ ।’

उनले आगामी फिल्म सुपरहिरो पात्रमा आधारित रहने पनि प्रष्ट पारेका थिए । ‘मेरो फिल्मको सुपरहिरो एकदमै ‘इनोसेन्ट’ (निर्दोष) छ मजस्तै । उसमा ‘सुपरपावर’ त आयो तर कुनै मुद्धा नै छैन । फिल्ममा हाम्रो संस्कृतिलाई जोड दिनेछु । नेवारी भाषालाई बढी प्रयोग गर्ने मेरो कोसिस छ,’ उनले भनेका थिए । यसअघि ‘आचार्य’ शीर्षकमा गायक भक्तराज आचार्यको बायोपिक बनेको थियो ।