मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भाइरल गोर्खे’ टिजर : भाइरल मोहको कथा

फिल्मीखबर, काठमाडौं, 2025/03/21

Viral Gorkhey

 

आगामी जेठ ३० गतेदेखि प्रदर्शनमा आउन लागेको निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । २ मिनेट लामो टिजरले फिल्म भाइरल मोहको कथामा बनेको प्रष्ट पार्छ । अरुको देखासिखी गर्दै टिकटकमा भाइरल हुन सौगातको पात्रले गर्ने विभिन्न क्रियाकलापलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ । टिजरमा सौगातलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुन जुनसुकै हर्कत गर्ने प्रवृत्तिमाथि फिल्मले व्यंग्य गरेको टिजरले संकेत गर्छ । सौगात र सृष्टिबीचको दृश्य पनि टिजरमा समेटिएको छ, जसमा उनीहरु एकअर्कासँग घनिष्ट देखिन्छन् । ब्रेकअपपछि उनीहरुले एकसाथ काम गरेको यो पहिलो फिल्म हो । टिजरमा चर्चित पत्रकार ऋषि धमलालाई पनि देख्न सकिन्छ । उनी पत्रकारकै भूमिकामा छन् ।

निर्देशक श्रेष्ठ स्वयंको लेखन रहेको फिल्ममा सौगात, सृष्टि र ऋषिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, विकास लामा, सपना चौधरी, ध्रुव थापा, सुनिल तामाङ लगायतको अभिनय छ । निर्देशक श्रेष्ठका अनुसार भाइरल प्रवृत्तिको पछि लाग्दाको प्रभाव र असरको परिणामलाई फिल्मले देखाउनेछ । ‘छड्के’, ‘छड्के २’ र ‘लालपूर्जा’पछि उनको निर्देशनमा बनेको यो चौंथो फिल्म हो ।

जिएमआई फिल्मस् र निर्भाना फिल्म स्कुलको ब्यानरमा विशाल ताम्राकार, केवल जंग कुँवर र महेश लामिछानेले फिल्मको निर्माण गरेका हुन् । फिल्मको सह-निर्मातामा भुवन अधिकारी र निखिल पौडेल रहेका छन् । यसमा अमर महर्जनको डिओपी तथा सुरज महर्जनको सिनेमेटोग्राफी छ भने रवि चौधरी र भीम विश्वकर्माको संयुक्त सम्पादन तथा अमित श्रेष्ठको साउन्ड डिजाइन रहेको छ ।