मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जात व्यवस्थामाथि प्रश्न गर्ने ‘वसन्त’ ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2025/03/22

 Prakash Saput and Swastima Khadka

 

गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा तयार भएको पहिलो फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ४ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । जनआन्दोलनको समय अर्थात् ०६२/६३ सालको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरूद्धको कथा उठाएको छ ।

समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा चित्रण गरिएको छ । ट्रेलरअनुसार फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का)को वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण सम्बन्ध संकटमा छ । जात व्यवस्था हटाउन शान्ति पात्रले विद्रोहको बाटो अपनाएको पनि ट्रेलरमा देखिन्छ ।

 

basanta


ट्रेलरको अन्तिममा ‘ह्यासट्याग सबै बराबर’ भनेर उल्लेख गरिएको छ । यसको मतलब प्रकाशले फिल्मलाई जात व्यवस्थाविरुद्धको अभियानको रुपमा लिएका छन् । ट्रेलर रिलिजपछि फिल्मको टिमले समाखुसीस्थित सिटी स्क्यावर भवनमा ‘वसन्त साँझ’को समेत आयोजना गरेको थियो । जसमा प्रकाशसहित शान्तिश्री परियार, प्रिती आले, देवेन्द्र बब्लुलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा मोहन विश्वकर्मा र विन्दू बोहोरा (सपूत) निर्मातामा छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन रहेको छ ।