मिति : २०८१ चैत्र १६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ४’की गौमाया ‘अभिमन्यु’मा

फिल्मीखबर, काठमाडौं, 2025/03/25

welcomeonboard GAUMAYA

 

सर्बकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको तयारीमा छन् । आगामी भदौ २७ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको फिल्मका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । फिल्ममा पहिलो कलाकारको रुपमा गौमाया गुरुङ भित्रिएकी छन् ।

‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’ जस्ता फिल्ममा सशक्त भूमिकाका लागि परिचित गौमाया रंगमञ्च पृष्ठभूमिकी हुन् । गत वर्ष बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा समेत छनोट भएकी उनको एफएक्स टीभी र बीबीसीले निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टेलिशृङ्खलामा पनि अभिनय छ । उनले गत महिना फिल्म ‘महाभोज’को छायांकन सकाएकी थिइन् ।

सुशान्त गौतमको निर्देशनमा बन्न लागेको ‘अभिमन्यु’ले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा भन्ने जनाइएको छ । यो फिल्म विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि ‘बाटो: रोड टु डेथ’ निर्देशन गरेका थिए । शरद महतोको डिओपी रहने फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्मातामा छन् । सेभेन सिज सिनेमाको प्रस्तुति फिल्म बन्नेछ ।