मिति : २०८१ चैत्र १६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेशको ‘बिगुल’ गर्दै नरेन

फिल्मीखबर, काठमाडौं, 2025/03/26

Naren Khadka

 

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’मा अभिनेता नरेन खड्का मुख्य भूमिकामा देखिने भएका छन् । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् । उनी पछिल्लो पटक फिल्म ‘बुलाकी’मा देखिएका थिए । उनले मुख्य अभिनेताको रुपमा डेब्यु गरेको फिल्म भने ‘हमेशा’ हो । यसपछि उनले एक दर्जन बढी फिल्ममा काम गरिसकेका छन् ।

अन्यायविरुद्धको आवाज भनिएको ‘बिगुल’मा नरेनबाहेक अरु कलाकार निश्चित भएका छैनन् । उनको अपोजिटका लागि निर्माण टिमले केही नाम चलेका अभिनेत्रीसँग कुरा गरिरहेको जानकारी प्राप्त छ । आगामी बैशाख १ गते मुहूर्त गरेर फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

‘बिगुल’लाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । यसअघि उनले ‘लीला’ र ‘नीरमाया’ फिल्मको निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ताको रुपमा छिन् । एमजीपीको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई शिव ढकालले छायांकन गर्नेछन् । ‘बिगुल’को अर्थ संकेत दिनका लागि फुकेर बजाइने बाजा भन्ने हुन्छ ।