मिति : २०८१ चैत्र १८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समाजवादी मोर्चाको प्रदर्शनका कारण रोकियो ‘पिताम्बर’ उत्सव, ट्रेलर रिलिज अन्योल

फिल्मीखबर, काठमाडौं, 2025/03/27

Pitambar Nepali Film

 

नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘पिताम्बर’को भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको ट्रेलर सार्वजनिक कार्यक्रम स्थगित भएको छ । भोलि नै माओवादीसहितका दल संलग्न समाजवादी मोर्चाले भृकुटीमण्डपमा विशाल प्रदर्शन गर्ने भएपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित गरिएको हो ।

‘पिताम्बर’ उत्सव नाम दिइएको कार्यक्रममा पाँच हजार बढी दर्शक सहभागी हुने अपेक्षा निर्माण टिमले गरेको थियो । उक्त कार्यक्रमका लागि निर्माताको डिजिटल डिस्प्ले बोर्डदेखि साउन्ड सिस्टमसम्म लाखौं खर्च भइसकेको छ । तर, समाजवादी मोर्चाको प्रदर्शनका कारण कार्यक्रम स्थगित भएपछि ट्रेलर रिलिज पनि अन्योल बनेको छ ।

प्राप्त जानकारी अनुसार शुक्रबार (भोलि) ट्रेलरको सट्टामा एक गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । ट्रेलर भने केही दिनमा भृकुटीमण्डपमै कार्यक्रम गरेर सार्वजनिक गर्ने योजनामा निर्माता रहेको जानकारी प्राप्त छ । अब फिल्म रिलिजका लागि १४ दिन मात्र बाँकी छ । यसैले जतिसक्दो चाँडो ट्रेलर सार्वजनिक गर्नुपर्ने बाध्यात्मक अवस्थामा निर्माता छन् ।

कृषा चौलागाइँको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव, सुपुष्पा भट्ट, दिव्या रायमाझी, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, गौरव विष्ट लगायतको अभिनय छ । फिल्मको निर्मातामा विशाल चौलागाईं छन् ।