मिति : २०८१ चैत्र १८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र गरिमाको ‘जन्ते बाख्रो’ जेठ २३ मा

फिल्मीखबर, काठमाडौं, 2025/03/27

Jante-Bakhro

 

अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्माले पहिलो पटक एकसाथ काम गरेको फिल्म ‘जन्ते बाख्रो’ आगामी जेठमा प्रदर्शन हुने भएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्मको बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म यो मितिमा अरु नेपाली फिल्म छैनन् ।

सार्वजनिक पोस्टरमा सौगात र गरिमासहित अभिनेता आसिफ शाह चित्रित छन् । आसिफ र गरिमा रोमान्टिक देखिएका छन् भने सौगातलाई निराश भावमा देख्न सकिन्छ । चस्मा लगाएको बाख्रोलाई पनि पोस्टरमा राखिएको छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको पोस्टरले संकेत गर्छ ।

प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्ममा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता सन्तोष गौतम हुन् ।

सामाजिक कथावस्तुमा निर्माण भएको फिल्ममा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको सिनेमाटोग्राफी, महेश काफ्ले, बाबुल गिरी, कृष्णा भारद्वाजको संगीत तथा सुनिल शिवभक्तिको सम्पादन छ । नेपाली समाजमा बेहुली भित्राउने दिन जन्तीलाई टपरीमा खुवाउने मांसहारी भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्मको कथा यसैको वरिपरि केन्द्रित रहेको शीर्षकबाट बुझ्न सकिन्छ ।