मिति : २०८१ चैत्र १८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल र नीतिको ‘मोहर’ साउन २३ मा आउने निश्चित

फिल्मीखबर, काठमाडौं, 2025/03/27

paul shah and niti shah

 

अभिनेता पल शाहको अभिनेत्री द्वय बेनिशा हमाल र नीति शाहसँग जोडी बाँधिएको नयाँ फिल्म ‘मोहर’ नेवार समुदायले मनाउने गाईजात्राको छेको पारेर प्रदर्शनमा आउने भएको छ । आगामी साउन २५ गते परेको गाईजात्राको विदालाई लक्षित गर्दै साउन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । अहिलेसम्म उक्त मिति अरु फिल्मले रोजेका छैनन् ।

पलका लागि ‘मोहर’ सफल हुनैपर्ने दबाब छ । किनकि, यस वर्ष आएका उनका तीन फिल्ममध्ये ‘रावायण’ र ‘मायावी’ सफल हुन सकेनन् । जसले गर्दा उनको करिअर नै संकटमा परेको छ । ‘मोहर’ सफल भएको खण्डमा उनलाई ठूलो राहत मिल्नेछ । छायांकनको क्रममा टिकटकमा बाहिरिएका भिडियोबाट उनी फिल्ममा प्रहरीको भूमिकामा रहेको खुलासा भइसकेको छ ।

ओम प्रतिकको निर्देशनमा तयार भएको फिल्ममा अर्जुन जंग शाही मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा लगायतको पनि अभिनय छ । यो निर्देशक प्रतिकको ७ वर्षपछिको कमब्याक फिल्म हो । उनी निर्देशित पछिल्लो फिल्म ‘बटरफ्लाई’ सन् २०१८ मा रिलिज भएको थियो । त्यसअघि उनले ‘यो कथा हो तिम्रो मेरो’, ‘फर्की आउँ’ जस्ता फिल्म निर्देशन गरेका थिए ।  

निर्देशक प्रतिक स्वयंको लेखन तथा दिपेन बस्न्यातको छायांकन रहेको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । दाङ, प्युठान, रोल्पा, अर्घाखाँची लगायतका ठाउँमा छायांकन भएको फिल्ममा सुरेश अधिकारी र एसडी योगीको संगीत तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ । मोहरको अर्थ पचास पैसाको सिक्का भन्ने हुन्छ । यसले फिल्मको कथा पाँच दशकअघिको हुनसक्ने बुझाउँछ ।