मिति : २०८१ चैत्र १८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वन अफ दि मिलियन्स’बाट हसनले गरे ७ वर्षपछि कमब्याक

फिल्मीखबर, काठमाडौं, 2025/03/28

Hassan Raza

 

अभिनेता हसनराजा खान ७ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । हालै अमेरिकामा छायांकन भएको फिल्म ‘वन अफ दि मिलियन्स’बाट उनले कमब्याक गरेका हुन् । ‘अलबिदा’बाट अभिनय करिअर सुरु गरेका उनी पछिल्लो पटक आफ्नै निर्माणमा बनेको फिल्म ‘रोमियो’मा देखिएका थिए, जुन २०७४ सालमा प्रदर्शन भएको थियो ।

११ दिन लगाएर अमेरिकामा छायांकन गरिएको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । यो उनको दोस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले २०७६ सालमा ‘सेल्फी किङ’ निर्देशन गरेका थिए । फिल्ममा हसनसहित लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका ‘विर्खेलाई चिन्छस्’का अभिनेता सुवास थापाको पनि मुख्य भूमिका रहेको छ ।

एकजना नेपालीको अमेरिका पुग्ने सपना र संघर्षको कथामा फिल्म आधारित रहेको निर्देशक सापकोटाले जानकारी दिए । उनका अनुसार तल्लो बाटो (अवैध बाटो) हुँदै अमेरिका पुग्ने नेपालीको कथामा फिल्म बनेको हो । रामेश्वर कार्कीले फिल्म खिचेका हुन् ।

फिल्ममा हसन र सुवाससहित अन्य २० जना अमेरिकामा रहेका कलाकारले अभिनय गरेका छन् । ‘वन अफ दि विलियन्स’लाई विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी गराएपछि सम्भवतः आगामी वर्ष नेपालमा रिलिज गरिने बताइएको छ ।