मिति : २०८१ चैत्र १९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षाको ‘खेल’ ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/03/30

 SURAKSHYA PANTA

 

आगामी बैशाख १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३१ सेकेण्ड लम्बाईको ट्रेलरमा एउटा खातक खेलपछि उत्पन्न हुने समस्यालाई देखाइएको छ । फिल्मले मुख्य रुपमा अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयलाई उठाएको ट्रेलरले प्रष्ट पार्छ ।

पुराना कलाकृति र शिलालेखको दृश्यहरू समेटिएको ट्रेलरमा चारजना साथीहरूबीचको मित्रता र असमझदारी, अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास, मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले रहस्य र डरको अनुभूति गराउँछ । फिल्मको कथा एउटा खेलको वरिपरि घुमेको देखिन्छ ।

अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशन रहेको फिल्ममा सुरक्षा, हेना, समापिका र मोनिकासहित निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटा, किरण श्रेष्ठ लगायतको अभिनय छ । सिरुपाते कट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्मातामा कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् ।

फिल्मको कथा आशिषराज महर्जनले लेखेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानको हो भने संवाद विष्णु गैरेले लेखेका छन् । रोशन राई र सञ्जय लामाको छायांकन रहेको फिल्ममा सम्पादन आशिषराज महर्जनको छ । नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा फिल्म आधारित रहेको जनाइएको छ ।