मिति : २०८१ चैत्र २१, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाभोज’को ‘मख्खै परेँ’ गीतमा दयाहाङदेखि मलिकासम्मको कौडा नृत्य

फिल्मीखबर, काठमाडौं, 2025/04/01

Aryan, Dayahang, Khagendra,Anjana,Gaumaya,Malika

 

गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले गायनमा साथ दिएकी छन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत कौडा नृत्य गर्दै देखिएका छन् भने आर्यन सिग्देल र सुरक्षा पन्तलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । भिडियोको अन्त्यमा दयाहाङ र गौमायालाई छापामारको पोसाकमा देख्न सकिन्छ ।

‘प्रकाश’बाट राष्ट्रिय अवार्ड जितेका दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । निर्देशक राउतको यो आठौं फिल्म हो । उनको निर्देशित पछिल्लो फिल्म ‘पूजार सार्की’ सुपरहिट भएको थियो ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माण रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन् । यसअघि उनले ‘नाङ्गो गाउँ’ र ‘दुःखी आत्मा’ निर्माण गरेका थिए । फिल्मको स्क्रिप्ट ‘पूजार सार्की’ र ‘प्रकाश’का लेखक विकास सुवेदीले लेखेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।