मिति : २०८१ चैत्र २५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा बढ्यो ‘नरसिंहा’को माग, जापान अधिकार बिक्री

फिल्मीखबर, काठमाडौं, 2025/04/06

narshigha

 

अभिनेता राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को अघिल्लो साता सार्वजनिक फर्स्टलुक पोस्टरपछि विदेशमा माग बढ्न थालेको छ । र, निर्माताले फिल्मको प्रदर्शन अधिकार बिक्री गर्न सुरु गरिसकेका छन् । त्यसको सुरुवात जापानबाट भएको छ । जापानका लागि फिल्मको प्रदर्शन अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो ।

फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि जापान बस्ने नेपाली दर्शकहरुमा फिल्मप्रति चासो बढेकाले आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाईंले बताए । फिल्मको जापान राइट्सको मूल्य भने दुवै पक्षले खुलाएका छैनन् ।

निर्देशक दीवाकर भट्टराईले फर्स्टलुक पोस्टरपछि धेरै देशबाट फिल्मको प्रदर्शन अधिकार किन्न कुरा आएको बताएका छन् । केही दिनमा अन्य देशमा पनि फिल्म बिक्री गरिने उनले बताए । उनी विदेश राइट्सबाटै फिल्मको आधा लगानी उठ्नेमा विश्वस्त छन् ।

निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्ममा हमालसहित नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतको अभिनय छ । यसमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । एक्सन जनरामा निर्माण  यो फिल्म जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।