मिति : २०८१ चैत्र २५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिताम्बर’ गीत : सुरक्षालाई च्वाँक भनेर जिस्काउँदै सौगात

फिल्मीखबर, काठमाडौं, 2025/04/06

Saugat Malla, Surakshya Panta

 

यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पिताम्बर’को दोस्रो गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक गरिएको छ । यसमा बाबुल गिरीको स्वर तथा संगीत छ भने कृषा चौलागाईंको शब्द रचना छ । कृषा फिल्मकी निर्देशक समेत हुन् ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र सुरक्षा पन्त चित्रित छन् । सुरक्षाप्रति सौगातको प्रेमभावलाई गीतमा प्रस्तुत गरिएको छ । तराईको लोकेसनमा खिचिएको गीतमा त्यहाँको परिवेशलाई पनि देखाइएको छ । यसअघि फिल्मको ‘म त फ्यान भएँ यार’ गीत सार्वजनिक भएको थियो ।

एक्सन जनरामा निर्माण भएको ‘पिताम्बर’मा सौगात र सुरक्षासहित प्रदीप खड्का, दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय रहेको छ ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्मातामा छन् । यसमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद लेखन, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन तथा बन्दे प्रसादको सम्पादन र ट्रेलर रहेको छ ।