मिति : २०८१ चैत्र २५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिकन्दर’लाई उछिन्दै ‘पिताम्बर’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

फिल्मीखबर, काठमाडौं, 2025/04/07

प्रदीप खड्काको एक्सनले भरिपूर्ण फिल्म 'पिताम्बर'को ट्रेलर सार्वजनिक –  परिकलान्यूज

 

बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर करिब १०/१२ दिनदेखि नेपालमा युट्युब ट्रेन्डिङको फिल्म सेक्सनतर्फ शीर्ष स्थानमा थियो । यसलाई न अन्य बलिउड फिल्मका ट्रेलर न नेपाली फिल्मका ट्रेलरले उछिन्न सकेका थिए । तर, मल्टीस्टारर फिल्म ‘पिताम्बर’को ट्रेलरले भने ‘सिकन्दर’लाई उछिन्दै आफूलाई दोस्रोबाट शीर्ष स्थानमा उकाल्न सफल भएको छ ।

युट्युब रिलिजको ६ दिनमा फिल्मको ट्रेलर शीर्ष स्थानमा उक्लिएको हो । २१ लाख बढी भ्यूज पाइसकेको ट्रेलरलाई युट्युबमा प्रतिक्रिया पनि सकारात्मक मिलेको छ । कतिले प्रदीप खड्काको एक्सनको तारिफ गरेका छन् भने कतिले सौगात मल्लले बोलेका संवाद मन पराएका छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रिया हेर्दा फिल्मलाई लिएर दर्शक उत्साहित रहेको देखिन्छ ।

कृषा चौलगाईंको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप र सौगातसहित  दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतको अभिनय छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्मातामा छन् । निर्माण अगावैदेखि ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्मको लोभलाग्दो ‘हाइप’ बनेकाले बक्स अफिसमा राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।