मिति : २०८१ चैत्र २५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वसन्त’को सरप्राइज: अतिथि भूमिकामा राजेश हमालदेखि करिश्मासम्म

फिल्मीखबर, काठमाडौं, 2025/04/07

Basanta-Guest-Artist

 

चैते दशैंको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको गायक प्रकाश सपूत निर्देशित फिल्म ‘वसन्त’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय र संगीत पक्षको प्रशंसा भइरहेको छ । यसैको बलमा फिल्मले आगामी दिनमा व्यापारिक गति समात्ने विश्वासमा निर्माण टिम छ ।

फिल्म हेर्न पुगेका दर्शकलाई निर्देशक सपूतले केही सरप्राइज पनि दिएका छन् । फिल्ममा उनले राजेश हमालदेखि करिश्मा मानन्धरसम्मलाई खेलाएका छन् । रिलिजअघि उनले यो रहस्य खुलाएका थिएनन् । फिल्ममा हमाल र मानन्धरसहित दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, केकी अधिकारी, प्रियंका कार्की र सुरक्षा पन्त अतिथि भूमिकामा छन् ।

त्यस्तै, चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, ‘गलबन्दी’ गीतकी मोडल अञ्जली अधिकारीलाई पनि फिल्ममा देख्न सकिन्छ । यतिबेला यी कलाकारहरूको दृश्य टिकटकमा समेत भाइरल बनिरहेका छन् । यसले फिल्मप्रति दर्शकलाई आकर्षित गर्न ठूलो भूमिका खेलेको छ । फिल्म हेर्ने प्रायःले हमालको उपस्थितिलाई बढी रुचाएका छन् ।

जातीय विभेदको कथामा बनेको फिल्ममा प्रकाश स्वयं मुख्य भूमिकामा छन् भने उनको जोडी स्वस्तिमा खड्कासँग बाँधिएको छ । यसमा खड्गबहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल लगायतको पनि अभिनय छ । फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्मातामा छन् भने कार्यकारी निर्माता विरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली हुन् ।