मिति : २०८२ वैशाख ५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ ३६ दिनमा प्याकअप

फिल्मीखबर, काठमाडौं, 2025/04/08

baristha balram

 

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । गत फागुन १८ गते बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको फिल्म ३६ दिनमा मंगलबार प्याकअप भएको हो । चितवन र हेटौंडामा छायांकन भएको फिल्मलाई कथाले मागेको लोकेसनमा चाहेजसरी खिचिएको निर्देशक सुरेन्द्र पौडेलले बताए ।

छायांकन सुरु नहुँदै अर्को वर्ष (२०८२)को लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा दयाहाङ र विजयसहित समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतको अभिनय छ ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ भने ‘पूर्णबहादुरको सारङ्गी’का लेखक महेश दवाडीको पटकथा तथा संवाद छ । यसमा मानकृष्ण महर्जनको डिओपी, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी रहेको छ । सम्पादन भने निर्देशक पौडेल स्वयंले गर्नेछन् ।