मिति : २०८२ वैशाख ५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेनिशाको ‘कल्ली’ कात्तिक २१ गते प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/04/09

kalli movie

 

लक्ष्मण सुनारको निर्देशनमा बनिरहेको फिल्म ‘कल्ली’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार निर्माण टिमले आगामी कात्तिक २१ गतेलाई प्रदर्शन मिति तय गरेको हो । तिहार र छठ दुवै सकिएपछि फिल्म प्रदर्शनमा आउन लागेको हो । यसअघि चैत २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, छायांकनमा जान ढिलाइ हुँदा फिल्म पूर्वघोषित मितिमा आउन नसकेको हो ।

यतिबेला जुम्लामा छायांकन भइरहेको फिल्ममा ‘झ्यानाकुटी’ जोडी सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन् । यसमा उत्तम प्रधान, अर्पण थापा, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, बेगम नेपाली लगायतको पनि अभिनय छ । उत्तमले यो फिल्मबाट एक दशकपछिको कमब्याक गरेका हुन् ।

हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको फिल्ममा निर्देशक सुनारको कथा तथा महेश दवाडीको लेखन छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली र कार्यकारी निर्माता सरोज नेपाली हुन् । निसाल पौडेलको छायांकन रहेको यो फिल्म पौराणिक कथामा आधारित रहेको जनाइएको छ ।