मिति : २०८१ चैत्र ३१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१०-१२ लाखको टिकट किनेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको स्वीकारोक्ति

फिल्मीखबर, काठमाडौं, 2025/04/10

binod paudel

 

गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारमा नयाँ कीर्तिमान बनायो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार फिल्मले ४६ करोड ८० लाख ग्रस कमाइ गरेको छ । फिल्मले बक्स अफिसमा इतिहास रचेको भए पनि निर्माताले वर्षको अन्त्यतिर आएर एउटा सनसनीपूर्ण खुलासा गरेका छन् । फिल्म चलाउन निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेका रहेछन् ।

निर्माता विनोद पौडेलले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै आफूले टिकट किनेको स्वीकार गरेका हुन् । उनले लेखेका छन्, ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ । १०/१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि ‘मार्केटिङ प्लान’ हो ।’ विनोदको कुरामा कलाकार तथा निर्माता किरण केसी लगायतले समर्थन जनाएका छन् ।

फिल्म चलाउन लाखौंको टिकट काटेको स्वीकार गर्ने पहिलो निर्माता विनोद भए पनि फिल्म क्षेत्रमा यो नौलो भने होइन । पछिल्लो समय धेरैजसो निर्माताले आफैंले टिकट किनेर फिल्म हाउसफुल देखाउने प्रवृत्ति निकै मौलाएको छ । शो राताम्मे देखेपछि हलमा दर्शक आउँछन् भन्ने विश्वासमा निर्माताहरूले लाखौंको टिकट किन्ने गरेको पाइन्छ । तर, हलमा भने २/४ जना दर्शक पनि हुँदैनन् ।

 

binod paudel


निर्माताले टिकट मात्र होइन, फिल्मको गीत र ट्रेलरमा धेरै भ्यूज देखाउन नक्कली भ्यूज समेत किन्ने गरेका छन् । यो अहिलेको सबैभन्दा ठूलो धन्दा बनेको छ । २० देखि २५ हजार तिरेर एक लाख नक्कली भ्यूज हाल्ने गरेको पाइन्छ । यसैले त ५ घन्टासम्म १ लाख भ्यूज पनि नपुगेको गीत र ट्रेलरमा रातारात १० लाख भ्यूज कट्ने गरेको छ । र, यसैमा निर्माताहरू रमाएर बसिरहेका छन् ।