मिति : २०८१ चैत्र ३१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नरसिंहाः अवतार’ पोस्टरमा प्रेमिल राज र सनिशा

फिल्मीखबर, काठमाडौं, 2025/04/10

raj katwal and sanisha bhattarai

 

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’का मुख्य अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईलाई चित्रित गर्दै दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । दुवै पोस्टरमा राज र सनिशा प्रेमिल भावमा देखिएका छन् । यसबाट फिल्ममा उनीहरु जोडीको रुपमा रहेको प्रष्ट हुन्छ ।

चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत रहेका राज यो फिल्ममा एक्सन भूमिकामा प्रस्तुत छन् । अभिनेता राजेश हमालसँग ‘स्क्रिन सेयर’ गरेका उनले फिल्मका लागि एक्सनको तालिम समेत लिएका थिए । यो फिल्म उनको करिअरमा कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ । उनले यसअघि २/३ वटा फिल्ममा काम गरिसकेका छन् ।

दीवाकर भट्टराईको निर्देशनमा तयार भएको ‘नरसिंहाः अवतार’बाट राजेश हमालले करिब ८ वर्षपछि कमब्याक गरेका छन् । यसमा उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी रहेको फिल्ममा राजु विक्रम थापाको डिओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु लामाको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन तथा शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । फिल्ममा चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’लाई रि-रेकर्ड गरेर समावेश गरिएको छ ।