मिति : २०८१ चैत्र ३१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र अनुप स्टारर ‘जार’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/04/10

 

आगामी बैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु जार संस्कृतिमा आधारित रहेको खुलासा गर्छ । भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन छ ।

अनुप विक्रम शाहीकी श्रीमती (गीताञ्जली थापा)सँग सौगात मल्लले भागेर विवाह गरेपछि समाज बसेर गरेको निर्णय र सौगातलाई अनुपले खुकुरी लिएर जंगलमा लखेटेको दृश्य ट्रेलरमा देख्न सकिन्छ । ४ वर्षअघि नै निर्माण भएको यो फिल्म सन् १८ सय दशकको अन्त्यतिर नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ ।

फूर्वा छिरिङ लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सरवानन इलावार्सुको छायांकन तथा अखिलेश राईको सम्पादन रहेको छ । ‘फेर्री टेल पिक्चर्स’को निर्माण रहेको फिल्मको कार्यकारी निर्माताहरुमा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । फिल्मको सम्पूर्ण छायांकन सिक्किम क्षेत्रमा भएको हो ।

भारतीय फिल्म उद्योगमा सक्रिय गीताञ्जलीले ‘जार’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । उनले भारतीय राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी छन् । ‘लायर्स डाइस’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् । उनी अभिनीत फिल्म टोरन्टो, बुसान जस्ता फेस्टिभलमा समेत स्क्रिनिङ भएका छन् । नेटफ्लिक्सको वेब सिरिज ‘सेक्रेड गेम्स’मा पनि उनले काम गरेकी छिन् ।