मिति : २०८१ चैत्र ३१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिस प्रतिस्पर्धामा उत्रिए ‘पिताम्बर’ र ‘कर्मा’

फिल्मीखबर, काठमाडौं, 2025/04/11

pitambar and karma

 

यस वर्ष (२०८१)का लागि अन्तिम दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ले शुक्रबारबाट प्रदर्शन यात्रा सुरु गरेका छन् । एक्सन जनरामा निर्माण भएका यी दुवै फिल्मले वर्षको अन्त्य सुखद् गराउने ठूलो अपेक्षा गरिएको छ । किनकि, दुवैमा कलाकारको ‘लाइनअप’ बलियो छ । र, प्रचार सामाग्रीले दर्शकमाझ हाइप पनि राम्रो बनाएकाले बक्स अफिस चलायमान बन्ने विश्वास फिल्मकर्मीहरुमा छ ।

‘पिताम्बर’ र ‘कर्मा’ दुवैले राम्रो शो पाएका छन् । ठूलो स्टारकास्ट भएकाले शो संख्यामा ‘पिताम्बर’ केही अगाडि छ । यसले १७० शो पाएको छ भने ‘कर्मा’लाई १२५ शो प्राप्त छ । बुकिङमा पनि ‘पिताम्बर’ नै अगाडि देखिन्छ । यसका केही शो बिहीबार साँझ नै ‘सोल्डआउट’ भएका थिए भने केहीमा ५० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ । यद्यपि, हाइपअनुसार बुकिङ अपेक्षित भने छैन ।

दुवै फिल्म एक्सनप्रधान भए पनि विषय उठानको हिसाबले फरक छन् । ‘पिताम्बर’ महिलामाथि हुने अन्यायविरुद्धको कथामा आधारित रहेको ट्रेलरबाट खुलिसकेको छ । ‘कर्मा’मा भने भ्रष्ट सिस्टमविरुद्ध एक सामान्य व्यक्तिले गरेको संघर्षको कथा छ । यी दुवै फिल्मका प्रचार सामाग्रीहरू दर्शकमाझ चर्चाको विषय बनेकाले अब व्यापारिक अवस्था कस्तो रहन्छ, त्यो चासोको विषय हो ।

कृषा चौलागाईंको निर्देशनमा तयार भएको ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, अनुप विक्रम शाही लगायतको अभिनय छ । ‘कर्मा’लाई भने ‘अगस्त्य’का सौरभ चौधरीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव लगायतको अभिनय छ ।