मिति : २०८१ चैत्र ३१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अमिगोस्’बाट फिल्ममा फर्किँदै ‘समर लभ’का आशिष

फिल्मीखबर, काठमाडौं, 2025/04/11

Amigos

 

फिल्म ‘समर लभ’का अभिनेता आशिष पिया ५ वर्षपछि अभिनयमा फर्किने भएका छन् । निर्माणको तयारीमा रहेको लभस्टोरी फिल्म ‘अमिगोस्’बाट उनको पुनरागमन तय भएको हो । उनीसँग यसै साता फिल्मका निर्माता विकास आचार्यले लिखित सम्झौता गरेका हुन् । उनका अनुसार आशिषलाई मुख्य भूमिकामा लिइएको हो ।

आगामी भदौबाट छायांकन हुन लागेको फिल्मलाई मार्केन्डे डिपविम बस्नेत (मार्कु)ले लेखन तथा निर्देशन गर्नेछन् । उनी एक दशकपछि निर्देशनमा फर्किन लागेका हुन् । यसअघि उनले ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए । सुरेन्द्र रावल सह–निर्माता रहेको फिल्मको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ ।

बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने फिल्ममा आशिषबाहेक अरु कलाकार निश्चित भएका छैनन् । यतिबेला निर्माण टिमले दुई मुख्य कलाकारको खोजी गरिरहेको छ । केही दिनमा एक अभिनेता र एक अभिनेत्रीको टुंगो लाग्ने निर्माता आचार्यले बताए । ‘अमिगोस्’को अर्थ साथी वा मित्र हो । यसबाट प्रष्ट हुन्छ कि फिल्म मित्रताको कथामा आधारित भएर बन्नेछ ।