मिति : २०८२ वैशाख २, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिजिटल कुलतको प्रभाव दर्साउने ‘झिल्को’ पोस्टर

फिल्मीखबर, काठमाडौं, 2025/04/13

jhilko

 

अहिलेको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता विभिन्न उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् । तर, यसको अत्याधिक प्रयोगले उनीहरूमा शारीरिक, मानसिक तथा भावनात्मक रुपमा गम्भीर असर परिरहेको छ । आगामी बैशाख १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिल्को’ले यही संवेदनशील विषयलाई मुख्य कथावस्तु बनाएको छ ।

आइतबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जहाँ स्कुले पोसाकमा बाल कलाकार आयुषी ढकाललाई हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ भने उनको पछाडि कलाकार सुनिल पोखरेललाई गम्भीर भावमा देख्न सकिन्छ । यसले फिल्मको कथा प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकरावमा केन्द्रित रहेको संकेत गर्छ ।

यो फिल्मका निर्देशक यादवकुमार भट्टराई हुन् । उनले प्रविधिको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश फिल्मले बोकेको बताए । फिल्मले एक बालिकाको डिजिटल लतको यात्रा भन्ने उनको भनाइ छ । यसअघि उनले फिल्म ‘झोला’ निर्देशन गरेका थिए ।

सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य निर्माता तथा उमेश पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सुनिल र आयुषीसहित वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, जेभीश श्रेष्ठ लगायतको अभिनय छ । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निर्देशक भट्टराई, अरुणदेव जोशी र देव व्रतको पटकथा तथा संवाद लेखन छ ।