मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी २’मा दयाहाङ र मिरुना दोहोरिने, रिलिज दशैंमा

फिल्मीखबर, काठमाडौं, 2025/04/14

jari 2

 

२०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेल निर्माणको घोषणा गरिएको छ । सोमबार नयाँ वर्षको अवसरमा निर्माता कम्पनी बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सले एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरेका हुन् ।

पोस्टरमा ‘सङ अफ च्याब्रुङ’ भनेर उल्लेख गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित भएर फिल्म बन्नेछ । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा ‘जारी’का मुख्य जोडी दयाहाङ राई र मिरुना मगर नै दोहोरिने भएका छन् ।

फिल्ममा ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा लगायतको पनि अभिनय रहनेछ । बैशाख तेस्रो साताबाट पाँचथरमा छायांकन हुने फिल्मको निर्मातामा रामबाबु गुरुङ छन् । फिल्मलाई आगामी दशैंमा रिलिजको तयारी गरिएको छ । तर, प्रदर्शन मिति घोषणा भइसकेको छैन ।

जारी प्रथा (महिलाले अर्को बिहे गरेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम)मा आधारित भएर बनेको ‘जारी’ले घरेलु बक्स अफिसमा १७ करोड १७ लाखमाथिको व्यापार गरेको थियो । २०८० मा सर्वाधिक कमाउने फिल्म नै यही थियो । यसैबाट कवि सुब्बाले निर्देशनमा डेब्यु गरेका थिए । उनको दोस्रो फिल्म ‘मनसरा’ गत वर्ष (२०८१)को बैशाखमा रिलिज भएको थियो ।