मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कार्साङ’ निर्देशक शेर्पाले ‘मिरमिरे’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2025/04/14

mirmire movie

 

गत वर्षको पुषमा प्रदर्शन भएको फिल्म ‘कार्साङ’का निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’को निर्माण घोषणा गरेका छन् । सोमबार नयाँ वर्षको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मबारे जानकारी दिएका हुन् । उनको यो दोस्रो निर्देशकीय फिल्म हुनेछ । उनले ‘कार्साङ’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका थिए ।

थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किएका छन् । दुई पात्रले केही योजना बनाएर नयाँ कामको सुरुवातको तयारी गरिरहेको संकेत पोस्टरले गर्छ ।

ग्रामीण परिवेशमा आधारित भएर बन्न लागेको फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा छ । यार्सा फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको निर्माण निमु शेर्पा र चोङ्वा लामा शेर्पाले गर्नेछन् । २०८२ सालमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा कलाकार भने तय भएका छैनन् । आरआर फिल्म्सले फिल्मको वितरण गर्नेछ ।

निर्देशक शेर्पाले ‘कार्साङ’बाट धेरै कुरा सिक्न पाएको र यसमा भएका कमी-कमजोरीबाट पाठ सिक्दै ‘मिरमिरे’मा नयाँ र फरक कथा भन्ने आँट गर्न लागेको बताएका छन् । उनका अनुसार सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित रहेर फिल्म बन्नेछ ।