मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ वर्षपछि फेरि बन्दै ‘ढुकढुकी’, ओम प्रतिकले निर्देशन गर्ने

फिल्मीखबर, काठमाडौं, 2025/04/14

Om Prateek

 

२५ वर्षपछि ‘ढुकढुकी’ नाममा फेरि फिल्म निर्माण हुने भएको छ । ओम प्रतिकको निर्देशनमा बन्न लागेको फिल्मको सोमबार नयाँ वर्षको अवसर पारेर निर्माण घोषणा गरिएको छ । फिल्ममेकर्सको प्रस्तुति रहने फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गर्नेछन् ।

आगामी कात्तिकपछि छायांकन सुरु गर्न लागिएको फिल्मका लागि कलाकार भने निश्चित भएका छैनन् । प्रेमकथामा बन्न लागेको फिल्ममा निर्देशक प्रतिक स्वयंको लेखन छ । २५ वर्षअघि ‘ढुकढुकी’ पनि उनले नै लेखेका थिए ।

ओमको निर्देशन तथा चुम्बनको निर्माण रहेको फिल्म ‘मोहर’ आगामी साउन २३ गतेबाट रिलिजमा आउने तयारीमा छ । यसमा पल शाह, नीति शाह, बेनिशा हमाल मुख्य भूमिकामा छन् । यो फिल्म रिलिज भएपछि ‘ढुकढुकी’को छायांकन थालिने निर्माता शाहीले बताए । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको उनको भनाइ छ ।