मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमाघर एपमा एकसाथ रिलिज भए ‘बोक्सीको घर’ र ‘मनसरा’

फिल्मीखबर, काठमाडौं, 2025/04/14

Cinemaghar_Boksiko-Ghar_Mansara

 

नयाँ वर्ष २०८२ को अवसर पारेर नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ले सोमबार दुई फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । दुवै बक्स अफिसमा सफल भएका फिल्म हुन् । यसैले ओटीटीमा पनि दुवै फिल्मले राम्रो व्यापार गर्ने विश्वास सिनेमाघर सञ्चालकको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ले नेपाली समाजमा विद्यमान बोक्सी कुप्रथाको कथा उठाएको छ । केकी अधिकारी, सुपला सापकोटा, रमा थपलिया, सुलक्षण भारती लगायतको अभिनय गरेको फिल्मले बक्स अफिसमा १० करोडमाथिको कमाइ गरेको थियो । फिल्ममा समावेश ‘बुझिनँ मैले’ बोलको गीत निकै चर्चित छ ।

यस्तै, उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘मनसरा’ले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ । यसमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ । साढे चार करोडमाथिको व्यापार गरेको फिल्मले काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरूको सम्बन्धको आयामलाई प्रस्तुत गरेको छ ।

सिनेमाघरको एपमा यसअघि ‘कबड्डी ४’, ‘डिग्री माइला’, ‘पशुपति प्रसाद २’, ‘जारी’, ‘महापुरुष’, ‘घरज्वाइँ’, ‘प्रेमगीत ३’, ‘चपली हाइट ३’, ‘पानीफोटो’, ‘प्रेमगञ्ज’, ‘मंगलम’ जस्ता फिल्म रिलिज भइसकेका छन् । यसमा फिल्म हेर्न २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

सिनेमाघर एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ । यसमा फिल्म हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड र नेपाल तथा भारतबाट विभिन्न डिजिटल वालेट एवं क्युआर कोडको प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन् ।