मिति : २०८२ वैशाख ३, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल अब निर्माता, घोषणा गरे ‘यानीमाया’

फिल्मीखबर, काठमाडौं, 2025/04/15

Paul Shah

 

अभिनेता पल शाहले अब फिल्म निर्माण गर्ने भएका छन् । सोमबार उनले सामाजिक सञ्जालमार्फत् फिल्म ‘यानीमाया’को निर्माण घोषणा गरे । पल शाह फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मलाई विकास सुवेदीले निर्देशन गर्नेछन् । उनले यसैबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसअघि पललाई लिएर उनले थुप्रै म्यूजिक भिडियो बनाएका छन् । उनीहरूबीच निकै घनिष्ट सम्बन्ध छ ।

विकासले ‘यानीमाया’को स्क्रिप्टले लोभ्याएकाले निर्देशनमा आँट गर्न लागेको बताएका छन् । पलसँग लिखित सम्झौताको दुई तस्वीर सेअर गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘लेख्दै जाँदा यो त दृश्यभाषामा आफैंले उन्न पाए हुन्थ्यो जस्तो लाग्ने रहेछ । ‘यानीमाया’ले लोभ्याएर नै छोड्यो । मैले आँट गरेको छु ।’ उनको लेखनमा तीनवटा फिल्म ‘प्रकाश, पूजार सार्की र महाभोज’ बनिसकेका छन् ।

पारिवारिक कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन आगामी असारबाट सुरु गरिने जनाइएको छ । फिल्ममा कलाकार भने निश्चित भएका छैनन् । पल फिल्मको निर्माता रहेकाले उनको अभिनय रहन्छ वा रहँदैन भन्ने चासो धेरैलाई छ । तर, यसबारेमा कुनै जानकारी गराइएको छैन । यद्यपि, विकासले आगामी वर्ष निर्देशन गर्न लागेको फिल्म ‘२६ करोड’मा भने पलको अभिनय रहनेछ ।