मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ भर्सनमा आयो ‘अच्छा लेकिन लण्डनको’ गीत, नीतिसँग राजेश हमालको छमछमी

फिल्मीखबर, काठमाडौं, 2025/04/16

Rajesh Hamal

 

फिल्म ‘दैव संजोग’को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’लाई पुनः रेकर्ड गरेर फिल्म ‘नरसिंहा अवतार’मा समावेश गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको नयाँ भर्सन सार्वजनिक गरियो । गीतमा शम्भुजित बाँस्कोटाको स्वर, शब्द तथा संगीत छ । उनलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । पुरानो भर्सनमा शम्भुजित र देविका बन्दनाको स्वर थियो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का लगायत नृत्य गर्दै देखिएका छन् । भिडियो हेर्दा फिल्ममा हमालको जोडी नीतिसँग बाँधिएको देखिन्छ ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरी लगायतको पनि अभिनय रहेको छ । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन तथा कथा छ ।

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘नरसिंहा अवतार’ राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म हो । यसैले फिल्मलाई लिएर दर्शकमा पनि उत्साह देखिन्छ । यसमा हमाल एक्सन भूमिकामा छन् । उनका अनुसार यो फिल्म दर्शकका लागि ‘सरप्राइज’ हुनेछ । छायांकनको क्रममा बाहिरिएका तस्वीरबाट उनी फिल्ममा प्रहरीको भूमिकामा रहेको खुलासा भइसकेको छ ।