मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कामेश्वरलाई लुकाएर ‘अभिमन्यु’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/04/18

kameshwor chaurasiya

 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को दुई हप्तादेखि काठमाडौं आसपासका क्षेत्रमा छायांकन भइरहेको छ । छायांकनमा जाँदासम्म कलाकारहरुमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल र किरण श्रेष्ठको नाम मात्र सार्वजनिक गरिएको थियो । तर, एक मुख्य कलाकारको नाम भने खुलाइएको थिएन ।

अन्ततः आधाउधी छायांकन सकिएपछि ती कलाकारको नाम सार्वजनिक गरिएको छ । फिल्मको मुख्य भूमिकामा अरु कोही नभएर ‘हरिया’को परिचित कामेश्वर चौरासिया छन् । प्राप्त जानकारी अनुसार फिल्मको कथा उनीमै केन्द्रित हुनेछ । तर, उनको भूमिकाबारे जानकारी गराइएको छैन । उनी पछिल्लो पटक फिल्म ‘फेरि रेशम फिलिली’मा देखिएका थिए ।

छायांकन सुरु नहुँदै आगामी भदौ २७ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरिरहेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि फिल्म ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता हुन् । फिल्मलाई शरद महतोले छायांकन गरिरहेका छन् । हिन्दी र नेपाली भाषामा विश्वव्यापी एकसाथ रिलिज हुने फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने जनाइएको छ ।