मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतिले याञ्चित राणासँग गरिन् अदालती विवाह

फिल्मीखबर, काठमाडौं, 2025/04/18

niti shah

 

अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको विवाह भएको हो । दुवै करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

याञ्चित पेशाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । अर्थात् विमान मर्मत गर्ने इन्जिनियर । उनी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् । उनको इन्स्टाग्राममा नीतिसँगका रोमान्टिक तस्वीरहरु धेरै देख्न सकिन्छ । सन् २०२३ मा उनले २ वर्षदेखि आफ्नो साथमा रहेकोमा नीतिलाई धन्यवाद दिएका थिए ।

सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीतिले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘खजुरे ब्रो’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । अर्थात् फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । सोही वर्ष उनको दोस्रो फिल्म ‘ज्वाइँ साब’ पनि रिलिज भएको थियो । यो फिल्म भने औसत चल्यो ।

अब उनको तेस्रो फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ । यसमा उनको जोडी अभिनेता राजेश हमालसँग बाँधिएको छ । आगामी साउन २३ गते उनी अभिनीत चौथो फिल्म ‘मोहर’ पनि रिलिज हुँदैछ । हालै ‘कोशेढुंगा’को छायांकन सकेकी उनको पाइपलाइनमा ‘रुखान’सहित केही फिल्म छन् । यतिबेला फिल्ममा उनको राम्रो माग छ ।