मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै हिरोसँग १३० फिल्म गरेर रेकर्ड बनाएकी मलयालमकी शीला

फिल्मीखबर, काठमाडौं, 2025/04/20

Sheela, Prem Nazir

 

अभिनेता र अभिनेत्रीको जोडी दर्शकले रुचाएपछि ५/७ वटा फिल्ममा एकसाथ काम गर्नु सामान्य नै हो । तर, मलयालम फिल्मकी एक अभिनेत्रीले एउटै हिरोसँग १३० वटा फिल्ममा काम गरेर विश्व रेकर्ड बनाएकी छन् । ती अभिनेत्री हुन्, शीला सेलिन । ६० र ७० को दशककी सर्वाधिक महंगी अभिनेत्री रहेकी उनले मलयालम अभिनेता प्रेम नाजीरसँग १३० वटा फिल्ममा काम गरेकी हुन् ।

प्रेमसँग शीलाको जोडी दर्शकहरुले निकै रुचाएका थिए । प्रेम पनि शीलालाई आफ्नो ‘लक’ मान्थे । उनीहरूको जोडी यति हिट थियो कि १३० फिल्ममध्ये ५० वटा हिट भएका थिए । सबैभन्दा धेरै फिल्ममा जोडी भएर काम गरेकाले उनीहरूको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा समेत लेखिएको छ । यी दुवैले सन् १९६२ देखि १९८१ को बीचमा १३० वटा फिल्ममा काम गरेका थिए ।

६० र ७० को दशकमा हिरोभन्दा महंगो पारिश्रमिक लिने गरेकी शीलाले सन् १९६२ मा रिलिज भएको तमिल फिल्म ‘पासाम्’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । यसपछि उनले करिअर फर्केर हेर्नु परेन । आफ्नो सक्रिय करिअरमा झन्डै ५ सय फिल्ममा काम गरेकी उनले सन् १९८३ मा सन्न्यास लिएकी थिइन् । तर, २२ वर्षपश्चात सन् २००३ मा उनी पुनः फिल्म अभिनयमा फर्किइन् ।

शीलाको पहिचान अभिनेत्रीको रुपमा मात्र छैन । उनले कयौं फिल्म लेखेकी छन् भने ‘शिखरंगल’ र ‘यक्षगानोम’ गरी दुईवटा फिल्म निर्देशन पनि गरेकी छन् । उनी पेन्टर पनि हुन् । उनले एकपटक होटल ली-मेरीडियनमा आफ्नो पेन्टिङको प्रदर्शनी गरेकी थिइन्, जसमा ९३ वटा पेन्टिङ बिक्री भएको थियो । उनले अभिनयबाट ‘राष्ट्रिय अवार्ड’देखि ‘केरल स्टेट फिल्म अवार्ड’सम्म जितेकी छन् ।