मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ग्रामीण चलचित्र महोत्सवमा ‘अञ्जिला’ बन्यो उत्कृष्ट फिल्म

फिल्मीखबर, काठमाडौं, 2025/04/20

anjila movie

 

ग्रामीण कथावस्तुमा बनेका फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले २०७९ सालदेखि आयोजना हुँदै आएको ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करणमा ‘अञ्जिला’ उत्कृष्ट फिल्म घोषित भएको छ । शनिबार महोत्सवको समापन समारोहमा फिल्मका निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठले अवार्ड ग्रहण गरे । सोही फिल्मबाट मिलन चाम्सले पनि उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

बैशाख ४ गतेदेखि ६ गतेसम्म रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा आयोजना भएको महोत्सवमा ‘बोक्सीको घर’ले सर्वाधिक तीन विधामा अवार्ड प्राप्त गर्‍यो । यो फिल्मबाट केकी अधिकारीले उत्कृष्ट अभिनेत्री, शिवराम श्रेष्ठले उत्कृष्ट छायाँकार र मनोज श्रेष्ठले उत्कृष्ट भिजुअल इफेक्ट्स (भिएफएक्स)को अवार्ड जित्न सफल भएका हुन् ।

त्यस्तै, ‘ज्वाइँ साब’बाट जितु नेपालले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा ‘पूजार सार्की’बाट प्रदीप खड्काले जुरीतर्फ उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । सोही फिल्मबाट भरत रेग्मीले उत्कृष्ट सम्पादकको अवार्ड प्राप्त गरे भने ऋषिराज आचार्यले ‘द्रौपदी’बाट जुरी मेन्सन अवार्ड र ‘ज्वाइँ साब’बाट बसन्त निरौलाले जुरी अवार्ड पाएका छन् ।

महोत्सवमा उत्कृष्ट म्युजिकल सर्ट फिल्म ‘प्याकुली’, उत्कृष्ट कल्चर फिल्म ‘आप्लेगा नाम्सा’, उत्कृष्ट सर्ट फिल्म ‘म कमरेड’ र उत्कृष्ट डकुमेन्ट्री ‘माझी’ घोषित भए । ‘प्याकुली’बाट रोनिस खड्कालाई प्रोत्साहन अवार्ड प्रदान गरियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले अवार्ड वितरण गरेका थिए ।

 

nirruf


महोत्सवमा लामा-छोटासहित २२ वटा फिल्म प्रदर्शन गरिएको थियो । ‘अञ्जिला’ त रसुवाको धुञ्चेको बीच बजारको सडकमै प्रोजेक्टरमार्फत् देखाइएको थियो, जहाँ ठूलो संख्यामा स्थानीयहरु सहभागी थिए । ‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ यो महोत्सव ग्रामीण क्षेत्रहरुमा आयोजना हुँदै आएको छ । यसका अध्यक्ष रघुनाथ सापकोटा हुन् ।