मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऊनको स्वीटर’ : ‘काफ्ले’ गीतमा नचाउँदै पारस र परीक्षाको पात्र परिचय

फिल्मीखबर, काठमाडौं, 2025/04/21

Parikshya and Alex Looks.jpg

 

आगामी बैशाख २६ गतेबाट प्रदर्शन हुन लागेको अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘ऊनको स्वीटर’का प्रचार सामाग्रीहरुले दर्शकलाई आकर्षित गरिरहेका छन् । चाहे ‘मखमली’ गीत होस् वा गत साता सार्वजनिक ‘काफ्ले’ गीत, दुईवटै लोकप्रिय बनेका छन् । फिल्मको टिजरलाई पनि दर्शकले रुचाएका छन् । ‘काफ्ले’ गीतले त यतिबेला टिकटक जस्ता प्लेटफर्म कब्जा नै गरेको छ ।

गीतको भिडियो सार्वजनिक भएको ६ दिनमै युट्युबमा १४ लाखभन्दा धेरै भ्यूज मिलिसकेको छ । टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो बनाएका छन् । त्यसमा आम मानिसदेखि सेलिब्रेटीसम्म छन् । गीत सार्वजनिक कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिएका झुमा लिम्बू र सुजन चापागाईंको भिडियो क्लिप्स समेत टिकटकमा छ्यापछ्याप्ती छ ।

गीतले लोभलाग्दो चर्चा बटुलिरहँदा निर्माण टिमले फरक शैलीमा फिल्मका दुई सहायक कलाकार परीक्षा लिम्बू र एलेक्स पारसको पात्र परिचय गराएको छ । टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत उनीहरुले ‘काफ्ले’ गीतमा नृत्य गरेको भिडियो सार्वजनिक गर्दै फिल्ममा परीक्षा ईक्सा लिम्बू र पारस डम्बर काफ्लेको भूमिकामा रहेको जनाइएको छ ।

कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा फिल्मका निर्देशक नवीन चौहान भन्छन्, ‘पात्र परिचयको रूपमा सार्वजनिक गरिएको भिडियोहरू छोटो समयमा नै लाखौं दर्शकले हेरिसक्नु भएको छ । हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला । यसैले प्रविधिलाई अंगाल्नु अहिलेको अपरिहार्यता हो ।’

सांगीतिक कम्पनी आर्टमाण्डूको निर्माण रहेको फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् । विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगर लगायतको पनि फिल्ममा अभिनय छ । चिन्तनराज भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको फिल्ममा नवीन चौहानको लेखन तथा सुरज कटुवालको सह-लेखन छ ।

@artmanduofficial केहि फरक प्रयास यो दृश्य आजको डिजिटल संसारमा लोकप्रिय भएका छोटा भिडियो प्लेटफर्म ‘टिकटक’, ‘फेसबुक-इन्स्टा रिल्स’ र ‘युट्युब शर्ट्स’ मार्फत तपाईँहरूसमक्ष ल्याएका छौँ, जसमा कलाकारहरू परीक्षा लिम्बु र एलेक्स पारसको लुक्स सार्वजनिक गरेका छौँ । हामीले यो झलकमार्फत 'ऊनको स्वीटर'का पात्रहरूप्रति तपाईँहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौँ । यो न्यानो सिर्जनाशीलताको यात्रामा तपाईँहरूको साथको अपेक्षा गरेका छौँ #artmandu #oonkosweater #thewoolensweater #kafle #jhumalimbu #sujanchapagain #yubarajkafle #kobidbazra #bipinkarki #mirunamagar #wilsonbikramrai #alexbiswokarma #nabinchauhan #fyp #foryou #foryoupage #viral #goviral #viralvideo #nepal #tiktoknepal #nepalisong #newsong #newnepalisong #nepalimusic #trending #trendingsong #TikTokTainment #WhatToWatch #Newmusic #baisakh26 #may9 ♬ original sound - Artmandu