मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वसन्तले धुर्मुस-सुन्तलीलाई लिएर ‘पाँच पाण्डव’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2025/04/22

sitaram kattel and kunjana ghimire

 

हास्य जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि एकपटक फेरि फिल्ममा एकसाथ देखिने भएका छन् । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘पाँच पाण्डव’मा उनीहरुको जोडी बाँधिन लागेको हो । गत चैत १७ गते चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि इजाजत लिँदा कलाकारमा उनीहरूको नाम राखिएको छ ।

निर्देशक निरौलाले फिल्ममा सिताराम र कुञ्जनाको मुख्य भूमिका रहने जानकारी दिए । उनीहरुबाहेक अरु कलाकार भने निश्चित हुन बाँकी रहेको उनको भनाइ छ । यसै वर्ष छायांकनको तयारी गरिएको फिल्मलाई ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले निर्माण गर्नेछन् । उनकै कम्पनी काली रानी फिल्म्सबाट बोर्डमा फिल्म दर्ता छ । यो फिल्म साढे तीन करोड हाराहारीको लागतमा बन्नेछ ।

‘पाँच पाण्डव’ कुञ्जनाको ५ वर्षपछिको कमब्याक फिल्म हुनेछ । ‘सेन्टी भाइरस’पछि उनले फिल्ममा काम गरेकी छैनन् । सितारामले भने हाल प्रदर्शनरत ‘लाज शरणम्’बाट कमब्याक गरेका हुन् । यसमा उनले व्यापारीको भूमिका निभाएका छन् । आर्थिक अभावका कारण भरतपुरमा क्रिकेट रंगशाला अलपत्र परेपछि धुर्मुस-सुन्तलीले अभिनयलाई निरन्तरता दिँदै आएका छन् ।

निर्देशक निरौला ‘पाँच पाण्डव’ बनाउन कसिएपछि गत मंसिरमा घोषणा भएको उनको अर्को फिल्म ‘दशमी’ अब के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । यसबारेमा उनी भन्छन्, ‘यो फिल्म अवश्य बन्छ । कुन फिल्मको पहिला छायांकन गर्ने भनेर अहिले म छलफलमै छु । केही दिनमा टुंगो लाग्छ ।’ गत वर्षको दशैंको फूलपातीमा उनको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शन भएको थियो ।