मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाभोज’को टिजरमा सहकारी ठगीको कथा

फिल्मीखबर, काठमाडौं, 2025/04/22

Aryan Sigdel, Dayahang Rai, Khagendra

 

यतिबेला एकपछि अर्को सहकारी ठगीको घटना बाहिर आइरहेको समयमा यो विषय अब फिल्ममा पनि उठ्न थालेको छ । आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’ले सहकारी ठगीको विषय उठाएको छ । मंगलबार सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । फिल्ममा अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा छन् ।

झन्डै २ मिनेट लामो टिजरमा पैसाले निम्त्याएको पारिवारिक तथा सामाजिक द्वन्द्व र सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ । टिजरअनुसार आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा छन् । खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको रूपमा देख्न सकिन्छ । गौमाया गुरुङले दयाहाङको श्रीमतीको भूमिका निभाएकी छन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन् ।

फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, सुनिल क्षेत्री र मौसम हिमालीको नृत्य निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मले वर्ग सङ्घर्षलाई कथानकको मूल विषय बनाएको छ । निर्देशक राउतका अनुसार फिल्ममा पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको कथा छ, जहाँ पात्रहरु आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन् ।