मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिल्को’को ट्रेलरमा डिजिटल लतको कथा

फिल्मीखबर, काठमाडौं, 2025/04/23

JHILKO TRAILER

 

‘झोला’ र ‘भोर’का निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा तयार भएको फिल्म ‘झिल्को : द स्पार्क’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १८ सेकण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । मोबाइलको अत्याधिक प्रयोगले बालबालिकामा परेको मानसिक तथा शारीरिक असर र पारिवारिक विग्रहको कथामा फिल्म आधारित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

ट्रेलरमा फिल्मकी प्रमुख बाल कलाकार आयुषी ढकालको अभिनय प्रभावशाली देखिन्छ । अन्य कलाकारहरु सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय पनि सशक्त छ । यो फिल्मबाट रंगकर्मी पोखरेलले १३ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् । फिल्ममा उनी शिक्षकको भूमिकामा छन् ।

निर्देशक भट्टराईका अनुसार ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने सङ्कटबारे दर्शकलाई सचेत गराउने प्रयास हो । उनले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताएका छन् ।

फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । फिल्मको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् । निर्माताहरुमा सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य छन् ।