मिति : २०८२ वैशाख ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खुस्मा’पछि अब ‘जलाकी’मा धीरज र उपासनाको जोडी

फिल्मीखबर, काठमाडौं, 2025/04/23

Dhiraj-Ashok-Jalaki

 

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलो पटक एकसाथ काम गरेको फिल्म थियो, ‘खुस्मा’ । अघिल्लो वर्ष प्रदर्शनमा आएको यो फिल्ममा उनीहरूको जोडीलाई दर्शकले निकै रुचाए । फिल्म रिलिजको संघारमा प्रेम सम्बन्धको चर्चा पनि चल्यो । अब फेरि यो जोडीलाई एउटै फिल्ममा देख्न पाइने भएको छ । फिल्म ‘जलाकी’मा उनीहरूको जोडी बाँधिन लागेको हो ।

उपासनालाई लिएर पहिलो चरणको छायांकन पनि भइसकेको फिल्ममा यसै साता धीरज अनुबन्ध भएका हुन् । उनले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट ज्वाइन गर्ने निर्देशक अशोक थापा मगरले बताए । अशोक तीनै निर्देशक हुन्, जसले धीरज र उपासनालाई लिएर ‘खुस्मा’ बनाएका थिए । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्ममा धीरज र उपासनासहित सोनम तोप्देन, अस्तित्व भट्टचन, आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतको अभिनय रहनेछ । ‘बार्दली’ गीतको भिडियोबाट चर्चामा आएकी आकृतिले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।

शैलेन्द्र डि कार्कीको डिओपी रहने फिल्मको निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । निर्देशक थापाले फिल्ममा मगर र गुरुङ समुदायको संस्कृति र परम्परालाई झल्काइने बताएका छन् । यसमा उनी स्वयंको लेखन रहेको छ । तीन चरणमा फिल्मको छायांकन हुनेछ ।