मिति : २०८२ वैशाख ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षाको ‘खेल’लाई प्रिमियरमा प्रशंसा (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2025/04/24

KHEL Grand Premiere 4

 

यही शुक्रबार अर्थात् बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको सस्पेन्स थ्रीलर फिल्म ‘खेल’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । बुधवार साँझ ठमेलको छायाँ सेन्टरस्थित क्युएफएक्स हलमा आयोजित प्रिमियरमा उपस्थित प्रायःले फिल्मको लेखन, छायाङ्कन, सम्पादन, कलर र फिल्मको टोन प्रशंसा गरे । कतिले हलिउड फिल्मसँग समेत तुलना गरेका थिए ।

 

KHEL


प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति थियो । प्रिमियरकै लागि भारतबाट यसका निर्देशक अनुराग प्रधान उपस्थित रहे भने अर्की निर्देशक आस्था श्रेष्ठसहित टिम सहभागी रह्यो । दुवैको यो पहिलो निर्देशकीय फिल्म हो ।

 

KHEL


प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली फिल्ममा लगाएको बताए । त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले सच्चा मनले बनाएको फिल्म सफल हुने विश्वास व्यक्त गरिन् । उनले फिल्मलाई प्राप्त प्रतिक्रियाले आफू पुलकित भएको बताइन् ।

 

KHEL


मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’को निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन छन् । फिल्मको कथा आशिषराज महर्जनले लेखेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानको हो । फिल्ममा रोशन राई र सञ्जय लामाको छायांकन रहेको छ ।