मिति : २०८२ वैशाख ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सारङ्गी’ निर्देशकको ‘कोशेढुङ्गा’ भदौ १२ गते प्रदर्शनमा आउने

फिल्मीखबर, काठमाडौं, 2025/04/24

Koshedhunga-Date

 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । उक्त मिति हरितालिका तीजको पर्सिपल्ट अर्थात् ऋषिपञ्चमीको दिन परेको छ ।

सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त मात्र चित्रित छिन् । पछ्यौराले टाउको ढोकेकी उनको सिउँदोमा सिन्दुर देख्न सकिन्छ । यसबाट प्रष्ट हुन्छ कि फिल्ममा उनी विवाहित महिलाको भूमिकामा छिन् । पृष्ठभूमिमा भने रातो माटो र सेतो कमेरोले लिपेको घर देखिन्छ । यसले फिल्मको कथा ग्रामीण परिवेशमा आधारित रहेको संकेत गर्छ ।

निर्देशक पौडेलले फिल्मको कथाबारे पोस्टरले केही संकेत गरेको बताए । उनी भन्छन्, ‘पोस्टरले पक्कै केही कुरा संकेत गरेको छ । यसलाई अहिले यतिमै सीमित गरौँ । अलि बढी कथा आउने अन्य सामाग्रीबाट खोल्दै जानेछौँ ।’ यसमा उनी स्वयंको लेखन छ ।

‘कोशेढुङ्गा’मा सुरक्षासहित आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा लगायतको अभिनय छ । बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्मातामा छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् ।