मिति : २०८२ वैशाख ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जार’को ‘ए ठूली’ गीतमा सौगात र गीताञ्जलीको अव्यक्त प्रेम

फिल्मीखबर, काठमाडौं, 2025/04/24

SAUGAT MALLA And GEETANJALI THAPA

 

भारतीय नेपाली भाषी साहित्यकार तथा आयामेली अभियन्ता इन्द्रबहादुर राईको कथामा आधारित भएर बनेको फिल्म ‘जार’को ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरिएको छ । यसमा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बूको स्वर छ । उनलाई गायनमा पवन गिरीले साथ दिएका छन् । गीतमा शब्द हर्क साउदको छ भने संगीत गायिका लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा चित्रित छन् । उनीहरुबीचको अव्यक्त प्रेमलाई भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी सौगातप्रति गीताञ्जलीको बढी आशक्ति देखिन्छ । ग्रामीण जनजीवनको सुन्दर चित्रण भिडियोमा छ ।

यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । साहित्यकार राईको कथालाई उनी स्वयंले पटकथामा ढालेका हुन् । फिल्ममा सौगात र गीताञ्जलीसहित अनुप विक्रम शाहीको मुख्य भूमिका छ । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर फिल्म बनेको छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन भारतको सिक्किममा गरिएको हो । यसको कार्यकारी निर्माताहरुमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको डीओपी रहेको फिल्ममा अखिलेश राईको सम्पादन तथा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।