मिति : २०८२ वैशाख १२, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ‘भूठान’ र ‘खेल’, टिकट बुकिङ हरिविजोग

फिल्मीखबर, काठमाडौं, 2025/04/25

bhuthan and khel

 

गत फागुन अन्तिममा प्रदर्शन भएको ‘अञ्जिला’पछि कुनै नेपाली फिल्मले उत्साहजनक व्यापार गर्न सकेका छैनन् । ठूलो आशा गरिएका ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ले समेत अपेक्षित व्यापार गर्न सकेनन् । यतिबेला देशभरका अधिकांश हल सुनसान बनेका छन् । फिल्म प्रशस्त भएता पनि हलमा दर्शक छैनन् । यो खडेरी अब कुन फिल्मले तोड्छ, त्यो धेरैको पर्खाइको विषय बनेको छ ।

यसैबीच, शुक्रबारबाट हलमा दुई नेपाली फिल्म थपिएका छन्, ‘भूठान’ र ‘खेल’ । प्रदर्शनपूर्व गरिएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएका दुवै फिल्मलाई देशभरका हलहरुले सुखद् शो बाँडेका छन् । तर, टिकट बुकिङको अवस्था हरिविजोग छ । शुक्रबार साँझसम्मका थुप्रै शोमा एउटा टिकट समेत बिक्री भएको छैन । दुवै फिल्मको बिहानी शो कति हलमा दर्शक अभावले रद्द नै भए ।

यो अवस्थामा दुवै फिल्मलाई व्यापारिक गति समात्न बलियो ‘वर्ड अफ माउथ’ प्राप्त हुन जरुरी छ । तर, हलमा सामान्य दर्शक पनि नआएका कारण शुक्रबारका शो शनिबार नै धेरै गुम्न सक्ने खतरा छ । त्यो हुँदा यी दुईवटै फिल्मलाई हलमा एक हप्ता टिक्न पनि मुस्किल पर्न सक्छ । कमजोर प्रचार र गीत तथा ट्रेलरले हाइप बनाउन नसक्दा दुवै फिल्मप्रति दर्शक आकर्षित नभएको देखिन्छ ।

विनोद पौडेलको निर्देशनमा बनेको ‘भूठान’मा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, हलिउडका चर्चित अभिनेता ब्रुस डर्न लगायतको अभिनय छ । ‘खेल’लाई भने अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय छ ।