मिति : २०८२ वैशाख १३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘व्हाइट’मा रविशंकरको भूमिका निभाउँदै विक्रान्त

एजेन्सी, काठमाडौं, 2025/04/26

Vikrant Massey To Play Sri Sri Ravi Shankar In Siddharth Anand's White:  Plot, Cast & Everything You Need To Know

 

‘टुवेल्थ फेल’का अभिनेता विक्रान्त मेसीले गत डिसेम्बरमा फिल्मबाट ब्रेक लिने घोषणा गरेका थिए । सन् २०२५ मा अन्तिम पटक भेट्ने उनको उद्घोष थियो । तर, अभिनयबाट विश्राम लिने घोषणा पश्चात पनि उनले एकपछि अर्को फिल्म सम्झौता गरिरहेका छन् । यो बीचमा ‘यार जिगरी’ र ‘आँखों की गुस्ताखियाँ’ फिल्मको छायांकन भ्याइसकेका उनी अब नयाँ फिल्ममा जोडिएका छन् ।

विक्रान्तले ग्लोबल थ्रिलर फिल्म ‘व्हाइट’मा काम गर्न लागेका हुन् । यसमा उनले भारतको प्रख्यात गैर-नाफामुलक मानवतावादी संस्था द आर्ट अफ लिभिङ फाउण्डेशनका संस्थापक तथा चर्चित आध्यात्मीक गुरु श्री श्री रविशंकरको भूमिका निर्वाह गर्न लागेको जनाइएको छ । यसका लागि उनले तौलदेखि दाह्री-कपालसम्म बढाएका छन् भने रविशंकरसँग केही पटक भेट गरिसकेका छन् ।

मन्टू बासीको निर्देशन रहने ‘व्हाइट’ एफएआरसी र कोलम्बिया सरकारबीच ५२ वर्षसम्म चलेको सिभिल वारको कथामा आधारित भएर बन्न लागेको हो । यो युद्धलाई सुल्झाउन धर्मगुरु रविशंकरले महत्त्वपूर्ण भूमिका खेलेका थिए । यतिबेला फिल्मको प्रि-प्रोडक्सनको सम्पूर्ण काम कोलम्बियामै भैरहेको छ । छायांकन भने आगामी जुलाईदेखि सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

‘व्हाइट’पछि विक्रान्तले निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’मा पनि काम गर्न लागेको चर्चा छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । ‘टुवेल्थ फेल’बाट अविश्वसनीय लोकप्रियता हासिल गरेका उनको पछिल्लो फिल्म ‘द साबरमती रिपोर्ट’ पनि बक्स अफिसमा सफल भएको थियो । तर, गत वर्ष अचानक फिल्मबाट विश्राम लिने घोषणा गरेपछि उनका प्रशंसक स्तब्ध बनेका थिए ।