मिति : २०८२ वैशाख १५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आहुति’बाट प्रकाश दूतराजको फिल्ममा डेब्यु, साम्राज्ञीसँग बाँधियो जोडी

फिल्मीखबर, काठमाडौं, 2025/04/28

samragyee rajya laxmi shah and Prakash Dutraj

 

गायनबाट फिल्म अभिनयमा प्रवेश गर्नेको संख्या ठूलो छ । त्यसमा रामकृष्ण ढकालदेखि प्रकाश सपूतसम्म पर्छन् । अब अर्का एक गायकले पनि फिल्ममा डेब्यु गरेका छन् । ती हुन्, प्रकाश दूतराज । ‘रिमै’, ‘देउरालीमा’, ‘घर कता हो बैनीको’, ‘रेशम’ जस्ता चर्चित गीत गाइसकेका उनले फिल्म ‘आहुति’बाट डेब्यु गरेका हुन् । उनी यतिबेला पाँचथरमा फिल्मको छायांकन गरिरहेका छन् ।

फिल्ममा प्रकाशको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ । केही दिनयता साम्राज्ञीले प्रकाशसँगका तस्वीर र भिडियोहरु इन्स्टाग्राममा पोस्ट गरिरहेकी छन् । फिल्ममा ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनबाट चर्चामा आएका भुटानी मुलका गायक रिहान गिरीको पनि अभिनय रहेको छ । ‘होस्टेल ३’बाट अभिनेताको रूपमा डेब्यु गरेका उनको ‘आहुति’ दोस्रो फिल्म हो ।

भवानी संग्रौलको निर्देशनमा बनिरहेको फिल्ममा साम्राज्ञी ग्रामीण महिलाको भूमिकामा छिन् । उनले सोमबार इन्स्टाग्राममा सेअर गरेको प्रकाश र रिहानसँगको एक भिडियोमा उनलाई पुरानो भइसकेको गुन्यूचोली र साडी लगाएको देख्न सकिन्छ । प्रकाश भने ढाका टोपी र स्टकोटमा देखिएका छन् । उक्त भिडियो हेर्दा फिल्ममा उनीहरू दम्पतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

साम्राज्ञीले २ वर्षयता फिल्मको छायांकन गरेकी थिइनन् । उनले पछिल्लो पटक काम गरेको फिल्म ‘नाङ्गो गाउँ’ थियो । उनको पछिल्लो रिलिज फिल्म भने ‘लण्डन टू पेरिस’ हो । केही वर्षयता आफ्नो एकपछि अर्को फिल्म असफल हुँदा उनी ठूलो संकटमा छिन् । यसैले ‘आहुति’ उनको करिअरका लागि एकदमै महत्त्वपूर्ण छ । यो फिल्म बक्स अफिसमा सफल हुनैपर्ने दबाब उनमा छ ।