मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिनाको पुनरागमन

फिल्मीखबर, काठमाण्डौ, 2010/07/22

चलचित्र 'मोहनी', 'कसम', 'अप्सरा' लगायतका चलचित्रमा अभिनय गरेकी नायिका बिना बुढाथोकीलाई लामो समयपछि दर्शकहरूले चलचित्रको पर्दामा देख्न पाउने भएका छन् ।

 

१० बर्ष अगाडीको चलचित्र 'अप्सरा'  मा अभिनय गरेर रजतपटबाट एकाएक हराएकी यि नायिकाले अहिले 'ग्ल्यामर' नामक चलचित्रमा बिशेष भुमिका निर्वाह गर्दैछिन् । करिब एक महिना अगाडी जापानबाट नेपाल आएकी बिना 'ग्ल्यामर' को छायाँकन सकेर उनी आउँदो शनिबार जापान फर्किंदै छिन् । नेपाली चलचित्रमा पैसा कमाई नहुने देखेपछि जापान प्रस्थान गर्नु परेको बिनाले बताईन् । अहिले उनी जापानमा बसेर सन्तुष्ट  छिन् ।

 

चलचित्रक्षेत्रबाट केहि समयको लागी टाढा रहेपनि नेपाली चलचित्रलाई सधैं माया गरिरहने उनको भनाई छ । नेपाली चलचित्रको प्रतिको मोह भएर नै होला उनले केहि समय पछि श्रीमान रमेश बुढाथोकीसँग मिलेर चलचित्र निर्माण गर्ने बताईन् । तर उनले अझै पाँच बर्ष जापानमै बिताउने जानकारी दिईन् ।