मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुमारी हलमा पनि 'दिपशिखा'

फिल्मीखबर, काठमाण्डौ, 2010/07/23

नरेश पौड्यालले निर्देशन गरेको चलचित्र 'दिपशिखा' राजधानीको कुमारी हलमा पनि प्रदर्शन हुने भएको छ । राजधानिका गोपीकृष्ण, गुण, अष्टनारायण लगायतका प्रमुख सिनेमा घर सहित कुमारी हल  र राजधानी बाहिरका प्रमुख शहरहरूमा  यो चलचित्र प्रदर्शन हुँदैछ ।

 

श्रावण २८ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको यो चलचित्रको कथा नायिका अरूणिमा लम्सालले लेखेकी हुन् । अरूणिमा लम्साल, जीवन लुईटेल, अनुप बराल, ममता प्रधान, मुकुन्द थापा, राधा लम्साल, बिष्णु सापकोटा र राजकुमार थापाको मुख्य अभिनय रहेको चलचित्र 'दिपशिखा' मा  नायिका अरूणिमा लम्साल र उनकै आमा राधा लम्साल पहिलो पटक आमा छोरीकै भुमिकामा देखिदै छन् । यसैगरी यस चलचित्रमा २० जना नयाँ अनुहार कलाकार भएर प्रस्तुत हुँदैछन् ।
 

 

बिशुद्व प्रेमकथामा आधारित यस चलचित्रमा चेतन सापकोटाको संगित, एन बि महर्जनको द्वन्द, शान्ता नेपाली र बसन्त श्रेष्ठको नृत्य र नरेश पौड्याल र प्रमोद ढुङ्गानाको गीत रहेको छ ।  चलचित्रलाई निर्देशक पौड्यालले नै निर्माण गरेका हुन् ।