मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघमा 'बाटोमुनिको फूल'

फिल्मीखबर, काठमाण्डौ, 2010/07/23

चलचित्र 'बाटोमुनिको फूल' को सार्वजनिक प्रदर्शन माघ महिनातिर प्रारम्भ हुने भएको छ । गायकद्वय  यशकुमार र बाबु बोगटीले नायकको भूमिका निर्वाह गरेको यो चलचित्रका निर्देशक सुरज सुब्बा 'नाल्बो' हुन् ।

 

राजेश घतानीले निर्माण गरेको चलचित्र 'बाटो मुनिको फूल'  प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा निर्माण भएको छ ।  रेखा थापा, नन्दिता केसी, अरुण रेग्मी, गणेश उप्रेती, सुभद्रा अधिकारी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रकामा यशकुमारको  संगीत छ । दार्जिलिङ्गकी १५ वर्षीया गायिका प्रकृति गिरीले चलचित्र 'बाटोमुनिको फूल' मा एउटा गीत गाएकी छिन् ।